कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुँदै छ । विशेष महाधिवेशनको बन्दसत्र सुरु भइसकेको अवस्थामा कांग्रेसलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा वार्ता हुन लागेको हो ।

सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्दसत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो ।

संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड वार्तामा सहभागी हुनेछन् । विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् । वार्ता केही समयमा सुरु हुनेछ ।

आजै कांग्रेसले केन्दीय कार्यसमितिको बैठक पनि बोलाएको छ । विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदै छ ।

विशेष महाधिवेशनमा सभापति देउवा सहभागी नभए जारी बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित