पोखरा विमानस्थलमा ८ अर्ब ३६ करोड भ्रष्टाचार: पूर्वमन्त्रीसहित ५५ जना प्रतिवादी (सूचीसहित)

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन मन्त्रीहरूलाई समेत प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबी गर्दै आइतबार मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

मुद्दामा तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी (उनको हकमा श्रीमती राममाया बोगटी), रामकुमार श्रेष्ठ, दीपक अमात्य, भीम आचार्यलगायलाई विपक्षी बनाइएको छ । यसैगरी, पूर्व सचिवहरू सुमनप्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, मधुकुमार मरासिनी, सुरेश आचार्य लगायतलाई पनि प्रतिवादी बनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र क्यानका पदाधिकारीहरू समेत गरी कुल ५५ व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको सूचना अधिकारी रेग्मीले बताए ।

विघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा घोटाला भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियारलाई फाइल पठाएको थियो । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा विमानस्थलको प्रक्रिया शुरू भएको थियो ।

पछि सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा गरिएको आर्थिक निर्णयका कारण तत्कालीन अर्थमन्त्री डा. रामशरण महत तानिएका हुन् । २०७९ सालको चुनावलगत्तै बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते विमानस्थल उद्घाटन गरेका थिए ।

प्रतिवादी बनाइएका ५५ व्यक्ति र एक कम्पनीको सूची

१. रामकुमार श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
२. भीमप्रसाद आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
३. दीपकचन्द्र अमात्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
४. डा. रामशरण महत
अर्थ मन्त्रालयका तत्कालीन मन्त्री
५. सुशील घिमिरे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव
६. सुरेशमान श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव
७. सुमनप्रसाद शर्मा
अर्थ मन्त्रालयका तत्कालीन सचिव
८. भेषराज शर्मा
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव
९. रञ्जनकृष्ण अर्याल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव
१०. मोहनकृष्ण सापकोटा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह-सचिव
११. लोकबहादुर खत्री
अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिका सदस्य
१२. मनरूप शाही
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१३. ज्योति अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१४. मनोज कार्की
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१५. फुर्वा छिरिङ शेर्पा
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१६. सुरेश आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१७. मदन खरेल
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१८. मुक्तिनारायण पौडेल
भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य
१९. सूर्यप्रसाद आचार्य
भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य
२०. त्रिरत्न मानन्धर
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव
२१. रतिशचन्द्र सुमन
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव
२२. सुमनकुमार श्रेष्ठ
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक
२३. हरिबहादुर खड्का
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उप-सचिव
२४. रोशन चित्रकार
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक
२५. ऋषिकेश शर्मा
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक
२६. नारायण गिरी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
२७. महेशकुमार बस्नेत
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
२८. बाबुराम पौडेल
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक
२९. अशोककुमार सुवेदी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
३०. मुरारी भण्डारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक
३१. सुवर्णराज उपाध्याय
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
३२. प्रतापबाबु तिवारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक
३३. रुद्रप्रसाद फुयाल
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक
३४. रामचन्द्र सुवेदी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक
३५. डा. रामकृष्ण तिमिल्सेना (तिमल्सेना)
सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार
३६. डा. पुरुषोत्तम डंगोल
एयरपोर्ट इन्जिनियर
३७. विनोदानन्द चौधरी (मैथिल बाहुन)
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक
३८. मुकुन्दप्रसाद भण्डारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक
३९. गंगासागर मान श्रेष्ठ
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक
४०. प्रदीप अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक (हाल महानिर्देशक)
४१. डा. रवीन्द्रनाथ श्रेष्ठ
त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक
४२. सूर्य ज्ञवाली
त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक
४३. सन्तोषकुमार श्रेष्ठ
त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक
४४. हंशराज पाण्डेय
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
४५. डा. पुण्यराज शाक्य
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक
४६. द्वारिका प्रसाद भट्टराई
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन वरिष्ठ कानुन अधिकृत
४७. कुल प्रसाद सिंखडा
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक
४८. मधुकुमार मरासिनी
अर्थ मन्त्रालयका तत्कालीन सहसचिव
४९. लालबहादुर खत्री
अर्थ मन्त्रालयका तत्कालीन उपसचिव
५०. कमलकुमार भट्टराई
अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत
५१. प्रेमनाथ उपाध्याय (प्रेम उपाध्याय)
अर्थ मन्त्रालयका तत्कालीन उपसचिव
५२. स्व. पोष्टबहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष (तत्कालीन मन्त्री स्व. पोष्ट बहादुर बोगटीको हकमा)
५३. स्व. ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक (स्व. ध्रुवदास भोछिभोयाको हकमा)
५४. China CAMC Engineering Co. Ltd​
५५. China CAMC Engineering Co. Ltd को मुख्य भई काम गर्ने व्यक्ति Chairman Wang Bo
५६. hina CAMC Engineering Co. Ltd का रिजनल म्यानेजर Liu Shengcheng

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित