सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई आग्रह गरेका छन् ।

जेनजीका अनेक समूहले हरेक दिन प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबारमा हुलदंगा गरिरहेका बेला मन्त्री पुनले भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु भएको स्मरण गरेका छन् । बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएको भन्दै जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेको उनको भनाइ छ ।

‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलको युवा पुस्तासहित भाबी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो,’ फेसबुकमा उनले लेखेका छन्, ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छ ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै जेनजी समूह रहेक दिन सिंहदरबार गेटमा पुग्ने गरेका छन् । भेट्न नपाएपछि उनीहरूले सिंहदरबार गेटमै हुलदंगा गर्ने गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित