काठमाडौं । नेपालले आईसीसी विश्व टी-२० क्वालिफायरमा यूएईविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानमा जारी खेलमा नेपालले ६ विकेट गुमाएर २० ओभरमा १४० रन बनाएको हो।
नेपालको लागि ओपनर आशिफ शेखले ५१ रनको अधशतकीय पारी खेले । मिडिल अर्डर नचल्दा नेपालले ठूलो स्कोर बनाउन सकेन ।
कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन बनाए । नेपालले चारवटा छक्का र ९ वटा चौका मात्रै प्रहार गर्न सक्यो ।







































