काठमाडौं । कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् ।
जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।
बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।





































