काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । उनले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाएका हुन् । सुरक्षा परिषद्मा प्रधान सेनापतिदेखि सबै सुरक्षा निकायका प्रमुख पनि रहनेछन् ।
आज काठमाडौंमा भएको प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौंलगायत विभिन्न ठाउँमा जेनजी पुस्ताको आन्दोलन जारी छ । अहिले प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसहितका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।


































