एकै दिन ६९ जनामा कोरोना संक्रमण

काठमाडौं । सन् २०२० चैत्र १३ गते नेपालमा दोस्रो कोरोना सङ्क्रमित प्रमाणित भएको दिन आज नेपालमा एकै दिन ६९ जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् ।

कोरोना पूर्ण रुपमा हटी नसके पनि खासै समस्याको रुपमा नदेखिएको धेरै समयपछि एकैदिन यति ठूलो संख्यामा कोरोना सङ्क्रमितको संख्या थपिनुले फेरि नेपालीलाई झस्काएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा ६९ जना नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार १ जना मात्र कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार १ हजार २ सय ६६ जनाको नमुना परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यति बेला ६६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय आइतबार १६ जनामा शनिवार ३ जनामा, शुक्रवार २ जनामा, बिहीबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्यांक हेर्दा पछिल्ला दिनमा सिजनर फ्लुसँगै कोरोना सङ्क्रमितको संख्या पनि बढ्दै गएको र स्वास्थ्य सुरक्षा नियमित रुपमा अपनाउन स्वास्थ्य मन्त्रालयले आव्हान गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित