ससुरालीमा श्रीमतीसहित ४ जनाको हत्या, सासूले सुरुमा आक्रमण गरेको अभियुक्तको बयान

काठमाडौं । भोजपुरको रामप्रसाद गाउँपालिका २ धोद्लेखानीमा ससुरालीमा ४ जनाको सामूहिक हत्या गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ गम्भीर घाइते छन् ।

राजेन्द्रको पेटमा २ /३ ठाउँ छुरीको चोट पाइएको छ । भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि अहिले उनलाई विराटनगर रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

उनले राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरेको र ब्युँझिँदा हातमा छुरी देखेपछि त्यही छुरी खोसेर सबैलाई मारेको प्रारम्भिक बयान दिएका छन् ।

गएराति १ बजेतिर ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको हत्या गरेका राजेन्द्रले ‘मैले चारजनालाई छुरी हानेर आएको छु । शायद मरिसके होलान्’ भन्दै हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो ।

भोजपुर नगरपालिका(२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि आमा गएर फर्काएर ल्याएको बताइएको छ । एक महिनादेखि मनिषा माइतीमा थिइन् । राजेन्द्र ४/५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए । तर, उमेर पनि नपुगेको भन्दै बुवाआमाले लैजान दिएनन् ।

राति सुतिरहेको बेला सासूले आक्रमण गरेपछि यस्तो भयानक घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी टोली रातिदेखि नै बिहानैदेखि परिचालन गरिएको छ । मुचुल्का तयार पारेर चारैजनाको शव पोष्टमार्टपछि भोजपुर अस्पताल लैजाने तयारी गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित