प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन किन स्थगित भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन्।

संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्।

शीर्ष नेताहरू उपस्थित नहुने भएकाले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बताए।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाकमा छन्। भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बारपाक पुगेका थिए।

‘प्रमुख प्रतिपक्षी दलको नेता पूर्व निर्धारित कार्यक्रमका लागि बाहिर हुनुहुन्छ, प्रधानमन्त्रीले प्रतिपक्षी दल नेता बैठकमा आउन नसक्ने हो भने म बोल्दिनँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ बर्तौलाले भने, ‘उहाँ अर्को दिन संसदमा बोल्नुहुन्छ। प्रधानमन्त्री बोल्ने बेला प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। अघिल्लो पटक प्रतिपक्षी दलको नेता बोल्ने समय तय भए पनि प्रधानमन्त्री कार्यव्यस्ताले उपस्थित हुन सक्नु भएको थिएन।’

यस्तै सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डमा छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित