काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका छन् । १७ दिनसम्म सडक ठप्प पारी विद्यालयको भर्नासमेत प्रभावित पारी आन्दोलनमा होमिएका शिक्षकलाई ढिला गरी प्रधानमन्त्री ओलीले वार्तामा बोलाएका हुन् । उनीहरुसँग बेलुकी ७ बजे वार्ता हुने बताइएको छ । योसँगै आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी तयारीमा जुटेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग छलफल गर्नेछ । शिक्षकहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सडक आन्दोलन नछाड्ने बताउँदै आएका छन् । केही दिनअघिमात्रै प्रधानमन्त्री ओलीले शिक्षकले आफ्नो ढिपी छाड्नु पर्ने बताएका थिए ।




































