तीनकुनेमा प्रहरीको घेरालाई तोड्दै दुर्गा प्रसाईंले हुइँक्याए यसरी गाडी (भिडियो)

काठमाडौं । काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन समितिका कमाण्डरु दुर्गा प्रसाईंले प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याएका छन्। तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए।

गाडी प्रसाईंले नै चलाएका थिए भने गाडीको पछाडी प्रदर्शनकारीहरू बसेका थिए।

निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो। गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो।

अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो। त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए। प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

मेडिकल व्यवसायी प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार प्रदर्शन भएको थियो।

तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले तीन वटा निजी घरमा तोडफोड गरेका छन् भने एउटा घरमा तोडफोड र आगजनी गरेका छन्। आगो निभाउन गएको दमकललाई राजावादी प्रदर्शनकारीहरूले ढुंगा हानेका थिए। प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रहरीले हवाई फायर पनि गरेको छ।

भिडियाे नेपाल पुकार

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित