यात्रुले उडिरहेको विमानको ढोका खोल्न खोजेपछि…

न्युयोर्क । अमेरिकाको एउटा उडानमा रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् ।

३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् । पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको ढोका खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन् ।

उडानको बीचमा उनले ‘जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै ढोका खोल्ने प्रयास गरेकी थिइन् । शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा अचम्मलाग्दो उक्त घटना भएको थियो ।

उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन् । महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिएकी थिइन् ।

अदालतको कागजात अनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन् । विमान परिचार तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित