हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

काठमाडौं । हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् ।

ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ट्र्रु स्किनुको लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो ।

जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।

ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए । ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित