मन्त्री पौडेल भन्छन् ‘जनताका समस्या नै हाम्रो समस्या हुन्’

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्यासँग आफू परिचित भएको बताउँदै जनताका समस्या आफ्नै समस्या भएको बताएका छन् ।

बिहीबार गलकोट नगरपालिकामा आायोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धीको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा भएको उल्लेख गरे ।

विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि आफूले धेरै काम गरेको उनको दाबी छ ।
‘विपक्षीले केही नपाएर अर्गानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,’ उनले भने, ‘विपक्षीलाई ठाडो चुनौती दिन चाहान्छु जिल्लाको विकाशका लागि मेरोे जति भूमिका कस्को छ ?’ उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्याधिक मतले जित्ने दाबी समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । उनले अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेललाई डाँडापारी भन्नेहरुकाविरुद्ध उनले भनेका छन्, ‘५ वर्ष अघि देवेन्द्र पौडेललाई भोट हाल्ने एमालेका साथीहरुले अहिले डाँडापारी भनेर प्रचार गरिरहेका छन्, उनले प्रश्न गर्दै भने, ‘त्यसो भए डाँडावारीकै निरज पुनलाई किन भोट नहालको ?’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित