२५ वर्षपछि हल पुगेका कुलमानले हेरे ‘महापुरूष’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले २५ वर्षपछि हलमै गएर फिल्म हेरेका हुन् ।

उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् । मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए ।

शनिबार साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूलाई मनपर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए । ‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय । राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ । फिल्म राम्रो बनेको छ ।’

उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरे । महापुरूषरुपी मानवको मनभित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएको र मनोरञ्जनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए । निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ । आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ । अघिल्लो फिल्मको तुलनामा यसले पाएको वर्ड अफ माउथ निकै बलियो छ । म दर्शकसँग जोडिएको आभाष भइरहेको छ ।’ प्रतिक्रिया लिन नव अभिनेता अरुण क्षेत्री र नव अभिनेत्री अञ्जना बराइली पनि हल पुगेका थिएँ ।

निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए । ‘एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म फिल्ममार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न फिल्मले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित