काठमाडौं । सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको होटल भियनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
ठमेलमा सञ्चालित होटलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार साँझ छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले हुण्डी कारोबार गरेको प्रहरीको आशंका छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको छ ।





































