नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ९हिजो० छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बिहीबार तोलाको एक हजार १७० मा कारोबार भएको चाँदी आज पनि एक हजार १७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।









































