राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । प्राविधिक समस्या नभए दिउँसो ४ बजेसम्म सम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले न्युज खरीलाई जानकारी दिए
‘गएको शनिबार सार्वजनिक गर्ने तयारीमा थियौं,’ उनले भने, ‘प्राविधिक समस्या हुँदा ढिला भयो आज प्राविधिक समस्या नभए साँझ सम्म नतिजा सार्वजनिक गछौं । ’
बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।









































