पोखरा । गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत पोखरामा सार्वजनिक भएको छ । पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको गीतको मुल थेगो रहेको छ ।
पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भावप्रति महिलाले विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गीतको विरोध सुरु भएको हो ।
गीतमा भनिएको छ
‘एकै छिनमा वादल लाउने एकैछिनमा पानी
पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।’
टिकटकमा पोखराका अधिकांश महिलाले गीतले पोखरेली महिलालाई गलत ढंगले प्रस्तुत गरेकाे भन्दै विराेध जनाएका छन् ।
पोखराको मौसम र प्रेमलाई विषयवस्तु बनाएर तयार पारिएको गीतको शब्द र संगित सज्जनको छ । गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।