काठमाडौं । काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौंमा विगत २ घण्टादेखि मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शनिवार र आइतवार बदलीसँगै वर्षा गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।




































