बागलुङ । ताराखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुआती अग्रता लिएको छ । ५ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ले दुई सय ९४ ल्याएका छन् ।
उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत प्राप्त गरेका छन् । ५२ मतसहित नेकपा (एमाले) का ऋषिराम रोका तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार यामबहादुर रोकाले आठ मत ल्याएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोकाले दुई सय २९ मतसहित सुरुआती अग्रता लिएका छन् । नेकपा (एमाले) की थममाया घर्तीले ८५ मत ल्याएकी छन् ।








































