नेप्सेमा दुई लघुवित्तको शेयर मुल्य समायोजन, कुनको कति कायम ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।

डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।
यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य १ हजार १०० रुपैयाँको आधारमा ११ प्रतिशत बोनश शेयरपछिको मूल्य ९९० रुपैयाँ ९९ पैसा तोकेको छ । त्यस्तै नेप्सेले डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य ८१९ रुपैयाँको आधारमा १० प्रतिशत बोनश शेयरपछिको मूल्य ७४४ रुपैयाँ ५५ पैसा तोकेको छ ।

अब आइतबार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित