सरकारले एकैपटक गर्यो ६ जना सचिवको सरुवा

काठमाडौं । सरकारले एकै पटक ६ जना सचिवको सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय तथा कायकासचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरेको हो। अख्तियार बाहेक राष्ट्रिय सतर्कता केन्द्र, विज्ञान, महिला, उद्योग मन्त्रालयका सचिवहरुलाई परिवर्तन गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुर्‍याइएको छ। सतर्कता केन्द्रको सचिवमा पूर्वाधार विकास मन्त्रालय यसअघि खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई सरुवा गरिएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा रहने गरी सरुवा गरिएको छ। महिला मन्त्रालयमा यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहेका कृष्णबहादुर राउतलाई लगिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित