काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो । उनीहरुलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

































