होटलमा यौन क्रियाकलाप गरेको आरोपमा २ महिला र २ पुरुष पक्राउ, होटल सञ्चालक पनि समातिए

सांकेतिक तस्बिर

काठमाडौं । महोतरी सदरमुकाम जलेश्वरको एक होटलबाट अनैतिक क्रियाकलाप (वेश्यावृति)मा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालकसमेत छन्।

जलेश्वर नगरपालिका–२ मटिहानी चोकनजिक सञ्चालनमा रहेका कोहिनुर र लङ्गाम होटलमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

त्यसक्रममा होटलका विभिन्न कोठाबाट दुई महिलासहित दुईजना भारतीय पुरुषलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जिप्रका महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले दिएको जानकारी अनुसार पहिलो तलाको गेष्ट रुमबाट एक महिलासहित भारत मधुवनी बस्ने २८ वर्षीय पुरुष र दोस्रो तलाको कोठाबाट अर्की महिलासहित भारत बस्ने ३६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको हो।

कोठाहरूको थप खानतलासी गर्दा प्रयोग भइसकेका तथा प्रयोग नभएका कन्डमसहितका सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले जलेश्वर नगरपालिका–२ बस्ने ६० वर्षीय पुरुष र सोही स्थानकी ४५ वर्षीया महिला होटल सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा होटलमार्फत अनैतिक गतिविधि सञ्चालन भइरहेको विषय फेरि चर्चामा आएको छ भने प्रहरीले यस्ता गतिविधिविरुद्ध कडाइ गर्ने चेतावनी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित