होटल मेची क्राउनको व्यापार ५२ प्रतिशतले बढ्यो

काठमाडौं । झापा जिल्लामा रहेको होटल मेची क्राउन होटलको व्यापार ५२ प्रतिशतले बढेको छ । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित यस होटलको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५२ प्रतिशतले बढेको हो ।

सन् २०२४ मा २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको होटलले सन् २०२५ मा ४४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । त्यसैगरी, होटलले सन् २०२३ मा २७ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा १८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको यस कम्पनीले पाँचतारे होटल, क्यासिनो र रिसोर्ट ‘होटल मेची क्राउन’ ब्रान्डमा सञ्चालन गर्दै आएको छ ।

भारतीय सीमा नजिक रहेको यो होटल पूर्वी नेपालकै पहिलो पाँचतारे होटल हो । ५४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस होटलमा २०५ वटा कोठाको सुविधा छ ।

कम्पनीले होटलको प्रतिकोठा निर्माणमा औसत १ करोड ५ लाख रुपैयाँ खर्च भएको रेटिङ विवरणमा उल्लेख गरेको छ ।

क्यासिनो सञ्चालनका लागि भने होटल मेची क्राउनले ‘भेगास रिक्रियसन नेपाल’लाई अनुमति दिएको छ । होटलको परिसरमा तेस्रो पक्षले क्यासिनो सञ्चालन गरिरहेकाले त्यसबापत कम्पनीले मासिक रूपमा भाडा प्राप्त गर्दै आएको छ । क्यासिनो व्यवस्थापनमा कम्पनीको प्रत्यक्ष संलग्नता नरहेको रेटिङमा उल्लेख छ ।

बलराम सापकोटाको ४० प्रतिशत, पवित्रकुमारी कार्कीको ३० प्रतिशत र सिर्जना कक्षपतिको ११ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित