काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्।
डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्। शेर्पाले ५ हजार २३४ मत ल्याएर विजय भएका हुन्। डा अजय सिंह थापाले १ हजार ८४४ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी शाहले ४ हजार ३५० र थापाले १ हजार ८४४ मत ल्याए। शेर्पा वीर अस्पतालमा कार्यरत छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि भएको निर्वाचनमा भएको थियो।
यसैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा। सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा। अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्।
सदस्यहरुमा सबै भन्दा बढी भोट डा. पन्थीले ४ हजार ८५७ भोट ल्याएका छन्। डा. गोइतले ४ हजार ४७९, डा. पाण्डले ४ हजार १५, डा. यादवले ३ हजार ६२८ र डा. पोखरेलले ३ हजार ४०४ मत ल्याएकी छिन्।
यस्तै डा. पराजुलीले ३ हजार २८२, डा. राईले ३ हजार १११ र डा. बस्नेतले ३ हजार ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय १९ मत खसेको थियो।


































