प्रधानसेनापतिसँगको भेटमा दुर्गा प्रसाईँले भने– देशको नेतृत्व गर्न तयार छु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोसुकै पनि नेतृत्व गर्न तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,’प्रसाईँले लेखेका छन् ।

फेसबूकमा लेख्दै प्रसाईंले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु ।’

कोही अगाडि नबढे आफू पन्छिने स्वभाव नरहेको भन्दै उनले जुनसुकै परिस्थितिका लागि पनि तयार रहेको दोहोर्‍याएका छन् । ‘आजको विषम घडीमा म सस्तो राजनीति र टीकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो – गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज,’ प्रसाईंले लेखेका छन् ।

उनले सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य रहेको उल्लेख गर्दै यो केवल एक पुस्ताको मात्र नभई सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न भएको बताए । प्रसाईंले भने, ‘अब समय आएको छ, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई बाँच्ने बाटो देखाउने साझा जिम्मेवारी पूरा गर्ने ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित