युवती बलात्कार : मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो।

रौतहटको गढिमाई नगरपालिका ४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। केही वर्ष पहिले नै परिवारिक रुपमै उनीहरुको चिनजान रहेको खुलेको छ। पटक पटक आउजाउ भएको पनि पाइएको छ।

तर त्यसदिन दिउँसो १२ बजेतिर अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप छ। तर ती युवतीले आफूलाई पटक पटक ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै अहिराजले तीन लाख रुपैयाँ ती युवतीलाई दिइसकेको बयान दिएका छन्।

युवतीले आफूसँग पहिले विदेश जानका लागि भन्दै २० लाख रुपैयाँ माग गरेको तर पछि विदेश नगए पनि रकम दिनु भन्दै माग गरेकाले ३ लाख रुपैयाँ दिएको उनको बयान छ। २०८१ भदौ २३ गते ३ लाख रुपैयाँ दिएको उनको दाबी छ।

उनले ती युवतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमै आपराधिक लाभ (हनी ट्रयाप) को आरोपमा २०८१ मंसिर ७ गते जाहेरी दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित