बागमती प्रदेशमा डेङ्गु संक्रमितको सङ्ख्या ४२ हजार नाघ्यो

बागमती । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेङ्गुका सङ्क्रमित फेला परेको बताइएको छ ।

डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ । काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित