मैले सुनेको थिएँ – जतिदिन चल्लाचल्ला

—कुलदेव लामिछाने
पहिला पहिला बइसे चौविसे राज्य रजौंटा ताका, एक राजाका दरबारिया पण्डित सधै दरबारको देवी मन्दिरमा पुजापाठ गराइरहन्थे,

सो दिनभरको पुजापाठबाट प्राप्त भेटी एवं राजाले दिने दक्षिणाले ती पुजारीको परिवारमा ज्यान क्यान दिनाचार्य चलेको थियो ।
सयम बित्दै गयो, पुजारी निक्कै सिथिल भएर बिरामी परे । वैद्यलाई बोलाई ओखती मुलो गरे पनि बिसको उन्नाइस भएन । उल्लेख्य खर्च भयो, कमाइ धमाइ नभएकाले ओखती गरिदिएबापत् वैद्यलाई दिनुपर्ने रकम पनि राजाबाट निगाह भएर दिन प¥यो ।

पुजारी ‘बाँ’को पाँच जनाको परिवार थियो । पुजारी बाँको निधनपछि परिवारमा निक्कै ठूलो बज्रपात प¥यो । पुजारी बाँ अब यो दुनियाँमा रहेनन् । राज खान्दानको पुजारी भएकाले सोहीअनुसार पत्नी र छोराहरू तेह्र दिनसम्मको कर्म सकाए । सो पश्चात् पुजारीका परिवारमा कसैले सोधखोज गर्नसम्म भ्याएनन् । केही दिन एक छाक मात्रै खाएर बिताए । धेरै दिनहरू भोकै पनि बित्यो । पुजारीका छोराहरू लेखपढ नभएकाले पुजारी पत्नीलाई के गरु कसो गरु भएर निक्कै पीडा भएको थियो ।

एक दिन पुजारी पत्नी छोरोहरू बोलाएर भनिन् — ‘हामी राजदरबारका पुजारी परिवार हौं, तर तिमीहरू लेखपढ नभएकाले निक्कै गाह्रो भो अब हामी खाना नपाएर मरिने भो, हिजोका दिनहरूमा राजाले सहयोग निक्कै गर्नु भएको थियो । आज पनि हाम्रो सबै दुःख बिसाउने ठाउँ त्यहीँ हो, त्यहाँ गए धेरथोर पक्कै हेर्नेछन् ।’

त्यसपछि जेठो छोरो जानलाई तयार भयो । राजदरबार पुगेर निक्कै समय पश्चात् राजाको भेट पाए । आफ्नोतर्फबाट सबै बिन्ति बिसाएपछि राजाको हुकुम बमोजिम बाबुले पुजापाठ गरिरहने सोही देवीको मन्दिरमा पुजारी भै बस्नु भन्ने आदेश पाएपछि अति खुसी हुँदै मन्दिर गए । नपढेको यसअघि कहिल्यै पुजामा नगएको जेठो छोरो मन्दिर त पुग्यो के गर्ने अन्यौलमा पर्याे र उस्ले देवीलाई अनेक पटक बोलायो ।
ए देवी……!
ए भगवती देवी…..
ए देवी हौँ …….
पटक– पटक बोलाए पनि देवी नबोलेपछि हैरान भयो । देख्ने र सुन्नेहरू कति पटमुर्ख रहेछ भन्दै थिए । तर, ऊ जति गरे पनि देवी नबोलेपछि उसको मनमा कुरा खेल्यौ । देवीले मलाई चिनिनन् कि ? मैले देवीलाई चिनिन, भन्दै मन्दिर छेउमा बस्यो ।

पटक– पटक देवीले मलाई चिनिनन् कि ? मैले देवीलाई चिनिन भन्दै चर्काे स्वरमा बोली रह्यो । घण्टा, दिन, हप्ता हुँदै महिना बित्यो ऊ त्यसरी नै बोली रह्यो ।

उता घरमा छोरो पुजारी हुन गएका केही ल्याउँलान् खाउँला भन्दै पर्खिरहेकाहरू भोकले मर्लान जस्तो भए । आमाले माइलो छोरासँग कुराकानी गर्दै भन्छिन् — ‘दाजु असल छ भनेको देखिएन ।’ उतै दाम कमाएर भुल्न थाल्यो तिमी जाउ र कमाइ पनि गर, दाईलाई पनि घर हामी भाकै भएको सबै बृतान्त बताउ र केही खाने कुरा ल्याएर आउँ  भनेपछि हस् भन्दै माइलो छोरा गयो ।
जेठोले जस्तै माहिलोले पनि राजालाई आफ्नो बारेमा सबै बतायो । दाजु आएर फर्की नगएको समेत लौँ उसो भाँ तिमी पनि देवीको पुजामा दाजुलाई सहयोग गर । दानभेटी जे आउँछ दुई जनाले घरै लाग्नु भनेपछि खुसी हुँदै उफ्रदैँ मन्दिरमा पुगेको त दाजुलाई देखेपछि दंगपर्याे । दाजु , एकोहोरो देवीले मलाई चिनिनन् कि ? मैले देविलाई चिनिन भनि बरबराइ रहेकाे देखे । जति पटक दाजु भने पनि नसुनेर एकोहोरो बोली रहेको देखेपछि माहिलोलाई निक्कै पीडाबाेध भयो ।

ए दाई यसरी कति दिन चल्ला …….!
भन्दा भन्दै दाजुको आडैमा बसेरे
ए दाइ यसरी कतिदिन चल्ला……….,
ए दाइ यसरी कतिदिन चल्ला……. ,
यसरी कतिदिन चल्ला…………….,

भन्दा भन्दाभन्दै माहिलोको पनि घण्टा दिन हप्ता हुँदै महिना बिति सक्यो । त्यसरी नै त्यही शब्दमा बोली रह्यो । वरपरमा रहेका सबै अचम्मित भए ।

उता महिलो छोरोले दाजुले कमाएको समेत लिएर आउला भनेको कुनै अत्तोपत्तो आएन । कान्छो छोराले आमालाई भन्यो दाजुहरूले उतै कमाउने जमाउने तिर लागे जस्तो छ । म गएर सबै लिएर आउछु भनेर आमालाई भन्यो  । आमा पनि एक्लो ज्यान बरु वनका कन्दमुल ल्याएर भए पनि बाचुला भनिन् । दुई छाेराहरू नआएपछि कान्छोलाई पनि दरबारतिर पठाइन् ।

कान्छो दरबार पुगेर राजासँगको समय पाए पश्चात् आफ्नो बुबादेखि दुईदाजुसम्मको सबै बेलिविस्तार लगायो । राजाले लौं जाउतानी दाजुहरुलाई सघाउ र मिलिजुली गर भनेपछि निक्कै प्रफुल्ल भएर मन्दिर पुगेको त,
मन्दिरमा बसेर जेठो एकोहोरो देवीले मलाई चिनिनन् कि ? मैले देवीलाई चिनिन भन्दै कराई रहेको देखे ।

माहिलो जेठो दाजुको आडैमा बसेर एकोहोरो ए दाइ यसरी कतिदिन चल्ला, यसरी कतिदिन चल्ला भनी रहेको देखे । पछि कान्छोलाई अब मैले के भन्ने त, भन्ने भयाे धेरै सयम लगाएर सोच्याे र  भन्न थाल्याे,

जतिदिन चल्ला चल्ला……..!
जतिदिन चल्ला चल्ला ………..,
जतिदिन चल्ला चल्ला …………,

यसरी भन्दाभन्दै कान्छो पनि घण्टा दिन हप्ता महिना हुँदै सयम बितेछ ती तीन भाई अहिले पनि त्यसै गरी
जेठो देवीले मलाई चिनिनन् कि ? मैले देविलाई चिनिन !

माहिले “ए दाइ यसरी कतिदिन चल्ला । कान्छो जतिदिन चल्ला— चल्ला भनी रहेका छन् ।

आमाको अत्ताेपत्ताे छैन, भए खबर पाउँ है ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित