सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको बताए ।
सरकारले आव २०७२–०७३ मा ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । आव २०७३र ०७४ मा सरकारले १० करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।
आव २०७४–०७५ मा आइपुग्दा सो रकम बढाएर सरकारले २ अर्ब ५० करोड रूपैयाँ पुर्याएको थियो । आव २०७५–०७६ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रूपैयाँ ।
आव २०७६–०७७ मा ३ अर्ब ३७ करोड ३० लाख ७५ हजार रूपैयाँ, आव २०७७–०७८ मा ५ अर्ब १९ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन भएको तथ्यांक छ । यस्तै, चालु आव २०७८०७९ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।








































