रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन्। नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिएकी थिइन्। निर्वाचनअघि नै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाएकी थिइन्।
यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए।
उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा २ बाट निर्वाचित भएको थिए। प्रतिनिधि सभामा जसपा संसदीय दलको नेता पनि छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित