काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा मतदान गर्ने भएको छ ।
रास्वपाले जनमत पार्टीका उमेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।
पार्टीसँग १९ संघीय सांसद छन् । यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।



































