आईसीसी विश्वकप लिग-२ : नेपालले आज पीएनजीसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल खेल्न लागेको हो।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ। सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो।

पीएनजीलाई यहीँ सिरिज अन्तर्गतको पहिलो खेलमा हराएको नेपालले आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। आफ्नो दोस्रो खेलमा आइतबार युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई १७७ रनलेको फराकिलो अन्तरले पन्छाउँदै चौथो स्थानमा उक्लिएको छ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ। आइतबार युएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो।

नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २मा यूएईसँग खेल्नेछ। नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग २ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

लिग २ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग २ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।

नेपालसँगको हारसँगै युएईको लिग २ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित