उपराष्ट्रपतिबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ । उपराष्ट्रपतिको विषयमा टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक सिंहदरवारमा बस्न लागेको हो । सत्ता गठबन्धनबाट नै उपराष्ट्रपतिमा तीनजना उम्मेदवार भएका छन्।
त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बस्न लागेको जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।

उनले भने, ‘गठबन्धनबाट उपराष्ट्रपतिका एकजना मात्र उम्मेदवार रहनेछ, त्यसका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’ सत्ता गठबन्धनको उम्मेदवार रामसहाय यादव हुन् । प्रमिला यादव र ममता झाले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने उनले दावी गरे ।

तर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले शनिबार गठबन्धनमा निर्णय भएपनि मित्रवत प्रतिस्पर्धाका लागि ममता झाको उम्मेदवारी कायम रहने जानकारी दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले जसपाबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरिसकेको छ । त्यसले गर्दा गठबन्धनलाई उपराष्ट्रपतिको विषयमा निर्णय लिन भने सजिलो हुने देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित