मुर्ख राजन पाईजा !

रबिन पाठक । राजन पाईजा करातेमा अब्बल नै छ, खेल खेलेरै गोल्ड मेडल, सिल्भर मेडल र अन्य थुप्रै मेडलहरु जितेर आफ्नो नाम, गाउँको नाम र देशको नाम विश्वभर चिनाउन सफल पनि भयो। खेल कै माध्यम बाट अलि-अलि पैसा र लोकप्रियता पाएकै छ, आनन्दले बस्दा हुन्थ्यो।

धेरै धन-सम्पति नभएको तल्लो स्थर बाट आएको मान्छे, परिवार भएको मान्छे, छोरा-छोरी भएको मान्छे आफ्नै परिवार समालेर आनन्दले घरमा नै बस्दा हुन्थ्यो।

4 https://newskhari.com/storage/2022/05/Rajan-Paija-news-scaled.jpg

दिमाग बिग्रिएछ क्यारे, केहि बर्ष देखी गाउँघरमा कसैलाई केहि समस्या पर्यो सहयोग गर्न सबैभन्दा अगाडी आफै सर्छ। हुदा-हुदा कोभिड महामारीमा आफ्नै परिवारले आफ्नालाई छुन डराएको बेला आफ्नो परिवार बिर्सेर, आफ्नो ज्यानको माया मारेर धेरैलाई बचाउन सफल भयो। अहिले आएर आफ्नो गाउँ बनाउछु, नि:शुल्क शिक्षा प्रदान गर्छु, नि:शुल्क स्वास्थ्य सेवा दिन्छु, बाटो घाटो राम्रो बनाउछु अझ त्यतिले नपुगेर डिजिटलमय (प्रविधि मैत्री) गाउँ बनाउछु, गाउँको फोहोर मैला ब्यबस्थापन गर्छु, पर्यटन स्थलहरुको जगेर्ना गर्छु भन्दै हिडेको छ। कति मुर्ख हो ? थपक्क खेल खेलेर पैसा कमाएर बस्नुनी।

6 https://newskhari.com/storage/2022/05/Rajan-Paija-news-scaled.jpg

वास्तवमा बडिगाड वासीलाई निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य, प्रविधि मैत्री समाज, राम्रो बाटोघाटो, चाइएकै छैन। यहाँको पर्यटन स्थल, धर्म संस्कृति, रिति रिवाज किन जोगाउनु ??? बिदेशीको पुच्छर बनेर पछि पो लाग्ने हो त। जीवनको मूल्य के कति हुन्छ भनेर साथीहरुले बुझ्नु भएकै रहेनछ। आँखै अगाडी आफन्तलाई गुमाउदाको पिडा पनि बुझ्नु भएको रहेनछ। जनप्रतिनिधि हुदै गर्दा मुखले यति लाख खाए, जाबो कोरोनाको लागेका मान्छेहरुलाई हाम्राले पनि बोकेका हुन्, बाघ अरुले नै समाए तर उसले फोटो खिचेर फेसबुकमा हालेर चर्चा कमाएको भन्दै बोलेर भ्रम छर्न कति सझिलो छ है।

3 https://newskhari.com/storage/2022/05/Rajan-Paija-news-scaled.jpg

यस्ता शब्द बोल्दै गर्दा, सिधा सोझा जनतालाई भ्रम छर्दै गर्दा तपाइले कहिले सोच्नु भएन कि आफुले चाहीं बितेका ५ बर्षमा के- के गरे भनेर ??? कति राम्रा काम गरे, कति नराम्रा काम गरे भनेर ? अरुले राम्रो काम गरेको त देख्नु भएन ? गाउँ बिकास भएको त देख्नु भएन तर तपाइले नराम्रो गरेको अवस्य देख्नु भयो। त्यतिमात्र हैन राम्रो गरेको पनि नराम्रो भयो त्यो सम्म ठिक छ। तर हुदै नभएका मनगणन्ते कुरा गरेर जनतालाई भ्रम छरेर के बिकास गर्नुहुन्छ गाउँलाई ? के छन् बिकास गर्ने योजना ?

को हुन् राजन पाइजा ? तलको भिडियो हेर्नुहोला 

बितेका बर्षहरुमा तपाई र तपाइको बिपक्षी दुवै जना एउटै स्थितिमा हुनुहुन्थियो होला। साथीहरुले गरेको काम त नराम्रो नै भएछ त्यसोभा तपाइले चाही के राम्रो काम गर्नु भयो ? त्यो नि जनतालाई सुनाउनुहोस न ? यो गर्छौ, त्यो गर्छौ त जसले नि भन्छ, सपना त जसले नि देखाउछ तर तपाइले व्यवहारमा के कति देखाउनु भयो ? त्यसले महत्त्व राख्छ त्यहि भएर यो-यो गरिम भन्दै घर दैलो कार्यक्रममा जानुहोस्।

म एउटा भाई भएको नाताले भन्दै छु राजन दाई तपाइँले गाउँको मुहार परिवर्तन गर्छु भनेर किन बाठो हुनुभएको ? तपाइले गर्दा गाउँमा गरिब जनताहरुले नि;शुल्क शिक्षा पाउछन, नि;शुल्क स्वास्थ्य सेवा पाउछन, डिजिटलमय समाज निर्माण हुन्छ, सबै जनता बाठा हुन्छन, नेताको गलत नियत बुझ्न सक्ने हुन्छन, अनि गाउँ समृद्ध हुन्छ। दुखी गरिब जनताले राजनको साथ पाउछन। यति धेरै राम्रो काम भयो भने गाउँ त बरबाद भएन र राजन दाई ? राम राम राम !!!

2 https://newskhari.com/storage/2022/05/Rajan-Paija-news-scaled.jpg

तपाइजस्तो नि;स्वार्थ भावनामा काम गर्ने, जनताको भावना बुझ्ने, जनताको दुख सुखमा सदैब साथ् दिने व्यक्तिले कसरी चुनाब जित्छु भनेर हिड्नुहुन्छ ? तपाइँसंग त रक्सि खुवाउन, मासु भात खुवाउन, पेट्रोल हाल्दिन पैसा नि छैन कसरी जित्नु हुन्छ दाई ? राम्रो गर्छु भनेर हिड्दा यो समाजले दुनिया अपजोस लगाउदो रहेछ, मुर्ख नै बनाउदो रहेछ, एक पटक सोच्न बाध्य बनाउदो रहेछ। यदि राम्रो काम गर्नेहरु मुर्ख साबित हुन्छन भने तपाइँ संसारकै मुर्ख व्यक्ति हो र म मुर्खलाई साथ् दिने अर्को पटमुर्ख ।

बडिगाड वासीहरुको लागि आफ्नो गाउँ बिकास गर्न सहि जनप्रतिनिधि छान्ने समय आएको छ। हरेक घरमा एक जन व्यक्ति सिक्षित पक्कै हुनुहुन्छ। अव तपाइको घर दैलोमा भोट माग्दै आउने हरेक पार्टीका व्यक्तिलाई पछिल्लो पांच बर्षमा के-के काम गर्नुभयो ? अब के-के योजना छन् ? सवै सोध्नुहोला अनी सबै कुराको हिसाब किताब गरेर भोट हाल्ने निर्णय लिनुहोला।

Rajan Paija Dai https://newskhari.com/storage/2022/05/Rajan-Paija-news-scaled.jpg

तपाइको एक भोटले गाउँ बिकास हुनसक्छ भने त्यहि एक भोटले बिनास पनि ल्याउन सक्छ। को सहि छ र को गलत छ चिन्ने समय आएको छ। पैसामा, रक्सिमा, मासुमा, बिना प्रमाणका हावादारी भ्रम फैलाउने भाषणमा तपाइको एक भोट अव बिक्नु हुन्दैन।

यदी तपाई साच्चै परिवर्तन चाहनुहुन्छ भने तपाइको एक भोटले परिवर्तन ल्याउछ। घर बाट टाडा हुनुहुन्छ भने सिक्षित छोरा-छोरीले आफ्ना बा आमालाई सम्झाउनु होला। तपाइका बा आमालाई लोभमा, प्रलोभनमा पार्न सक्छन बिचार गर्नु होला। तपाइको एक भोटले परिवर्तन ल्याउने कि विकास ल्याउने कि बिनास ल्याउने कि बिचार गर्नुहोला !!! अहिले हालेको भोटले फेरी ५ वर्ष नपछुताउनु होला । धन्यवाद !

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित