बुर्तिबाङ । पाँच दलिय गठबन्धनको कार्यक्रम ढोरपाटन नगरपालिका ५ सैइखोलामा सम्पन्न भएको छ । शनिबार ढोरपाटन नगरपालिका ५ सैइखोलामा पाँच दलीय गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न चुनावी कार्यक्रममा मेयर पदका साँझा उम्मेदवार चन्द्र अर्यालले ५ वर्षको अवधिमा जनचाहाना अनुसार नगरपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् ।

“५ वर्षको अवधिमा जनताको आकांक्षा बढी थियो काम भएन” उनले भने, हामीले सक्षम, भ्रष्टाचार मुक्त नगर सरकार बनाउने साझा संकल्प गरेका छौं ।” अर्यालले अहिले पात्र र प्रवृत्ति फेर्न सुनौलो अवसर रहेको भन्दै जनतालाई विवेक पुर्याउन आग्रह गरे ।
नगरपालिकाभित्र भएका बेतिथिका विषयमा सबै जनता जानकार रहेको बताउँदै ५ वर्षेको अवधिमा नगर सरकार परिर्वतन गर्न नसके भ्रष्टाचार र अनियमितता मौलाउँदै जाने अर्यालको भनाइ छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता निलबहादुर पुन, कांग्रेसका नेता अर्जुन शेरचन, मेयर पदका साझा उम्मेदवार चन्द्र अर्याल, उपमेयर धनबहादुर कायत, माओवादीका नेता दधिराम अर्याल, राष्ट्रिय जनमोर्चाका नेता गौरीश्वर पाण्डेलगायतले बोलेका थिए ।





































