जाजरकोटमा पहिरोमा पुरिएर आमाको मृत्यु, छोरी र नातिनी घाइते

फाइल तस्बिर

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।

भेरी नगरपालिका–२ राङसीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

गएराति परेको अविरल वर्षापछि खसेको पहिरोले ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो। राति सुतिरहेको बेला घरमाथिबाट खसेको पहिरोले पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पहिरोले पुरिँदा जयशिला शाहकी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्।

उनीहरूलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्ताल पठाएका प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित