वाणिज्य बैंकहरुको खुद नाफा ६४ अर्ब ४७ करोड, कसले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले जेठसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको जेठसम्म ४ अर्ब ७० करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११६८.४५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३७ करोड मात्रै नाफा कमाएको थियो ।

bank nafa https://newskhari.com/storage/2025/04/bank-logo-e1745130119998.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित