चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइते

काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार (वैशाख ३०) बिहान पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ । अहिले उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको मुख र दुवै हात र बायाँ हातको कुममा चोट लागेको छ ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-९ का स्थानीयले गहुँ बालीमा चितुवा पसेको छ भनेर प्रहरीलाई खबर गरेका थिए । सोही स्थानमा जाने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका हवल्दार विक प्रहरी प्रभाग लुभु, ललितपुरमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ । उनको किस्ट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित