अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आइपुगेका छन्।

अमेरिकी सेनाका प्यासिफिक कमान्डका डेपुटी कमान्डिङ जेनरल जोएलसहितको टोली तीन दिने भ्रमणमा आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

आइतबार नेपाल आइपुगेको टोली मंगलबारसम्म नेपालमा रहने तालिका छ। भ्रमणका क्रममा औपचारिक भेटघाटका कार्यक्रम तय गरिएको छ। तर को कसलाई भेट्ने कार्यक्रम छ भन्ने सेनाले खुलाएको छैन। यस्तै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन्।

यस प्रकारको भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने, मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास सेनाले गरेको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित