ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

सङ्घ, प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमित पुष्टि भएको छ । उनका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन् ।

१४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित