कांग्रेस सभापति गगन थापाले भने-म राजीनामा दिन्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्।

उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्। उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने कुरा सभापति थापाले उपसभापति शर्मासँग राखेका थिए। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको ५० दिनमा चुनाव भएकोले चुनावी पराजयको समग्र सूक्ष्म समीक्षा गरेर स्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने कुरा उपसभापति शर्माको थियो।

सभापतिले पदबाट राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिन नहुने शर्माले बताएका थिए।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित भएका थिए। कांग्रेसले १८ सिटमा मात्रै जित हासिल गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित