कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।
कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो । गोली पड्किंदा मतपेटिकामा क्षति भएको छ । उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्केको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित