काठमाडौं । नेकपा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ५ द्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बिमला ज्ञवाली, बैंकर, वकिल सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत रहेका छन् ।





































