काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार ७ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला ५८८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४४ हजार ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ४१ रुपैयाँ कायम भएको छ ।




































