काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एकैदिन झण्डै ८ हजार रुपैयाँले घटेको छ ।
मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

































