क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी रकम माग गरेको हो ।

अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै हुनेछन् ।

यस्तै क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि विशेष अदालतले १ लाख रुपैयाँ धरौटी मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै उनीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित