काठमाडौं । विराटनगर किङ्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
































